singel post top banner

बछौलीमा ३६ जनाले गरे रक्तदान

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
शनिबार, बैशाख ६, २०८२
|
|
१७१ पटक हेरिएको
Shares
बछौलीमा ३६ जनाले गरे रक्तदान

सारांश

  • रत्ननगर नगरपालिका वडा नं–६ बछौलीमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
  • शनिबार नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौली, रत्ननगर नगरपालिका वडा नं–६ को कार्यालयको आयोजना र राष्ट्रिय दिगो पर्यटन क्लबको सहयोगमा आयोजित कार्यक्रममा सातसहित ३६ जनाले रक्तदान गरेका हुन् ।
  • कार्यक्रममा वडाध्यक्ष किरण महतोले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना भइरहनुपर्नेमा जोड दिए ।

रत्ननगर, बैशाख ६ । रत्ननगर नगरपालिका वडा नं–६ बछौलीमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

शनिबार नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौली, रत्ननगर नगरपालिका वडा नं–६ को कार्यालयको आयोजना र राष्ट्रिय दिगो पर्यटन क्लबको सहयोगमा आयोजित कार्यक्रममा सातसहित ३६ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्ष किरण महतोले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना भइरहनुपर्नेमा जोड दिए । ‘रक्तदान नै जीवन दान हो’, उनले भने, ‘रक्तदानमा युवाहरूको सहभागिता महत्वपूर्ण हुन्छ ।’

कार्यक्रममा कार्यपालिका सदस्य एवम् सो वडाका सदस्य बबिताकुमारी चौधरीले युवाहरू परिवर्तनको संवाहक भएकाले सामाजिक काममा लाग्नुपर्ने र रक्तदान कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बताइन् ।

कार्यक्रममा रत्ननगर नगरपालिका सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगरं–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, रत्ननगरं–६ का वडा सदस्यद्वय वीरेन्द्र महतो, केशरीमाया सुनार, नेपाल रेडक्रस जिल्ला शाखा चितवनका मन्त्री राममणि खनाललगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम सञ्चालन उपशाखाका सचिव मनोज चौधरीले गरेका थिए भने सभापति सुवास विडारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए