singel post top banner

‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
आइतबार, चैत्र ३, २०८१
|
|
११५ पटक हेरिएको
Shares
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी

सारांश

  • जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहनुभएकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहनुभएको छ ।
  • अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरतीले चलचित्र ‘राजागञ्ज’बाट अभिनय थाल्नुभएको छ ।
  • सो चलचित्र शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।

काठमाडौँ, चैत ३ । जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहनुभएकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहनुभएको छ । अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरतीले चलचित्र ‘राजागञ्ज’बाट अभिनय थाल्नुभएको छ । सो चलचित्र शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।

सार्वजनिक प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौँमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निर्वाह गर्नुभएको भूमिकाले चर्चा पायो । उहाँले पहिलोपटक चलचित्रमा अभिनय गर्नुभएको हो । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा तयार भएको सो चलचित्रका लागि महिला कलाकारको खोजी भएको थाहा पाउनुभएपछि आरतीले अडिसन दिनुभएको थियो ।

“जनकपुरमा चलचित्र छायाङ्कन हुँदैछ र मधेसी पात्र चाहिएको छ भन्ने थाहा पाएपछि मैले अडिसन दिएँ । अभिनय मेरो लागि नयाँ थियो, तर पनि निर्देशकसहितको समूहले मलाई चयन गर्नुभयो । त्यसपछि केही समय अभिनय कार्यशाला गरेर तयार भएँ”, पत्रकार मण्डलले भन्नुभयो । यसअघि नाटकको पटकथा लेखन र त्यसका केही पात्रमा स्वर दिए पनि उहाँले पहिलोपटक चलचित्रका लागि अभिनय गर्नुभयो । छायाङ्कनभन्दा अगाडि गरिएको कार्यशाला र कलाकारसँग घुलमिल भएपछि आरतीलाई पात्रलाई जीवन्त बनाउन सहज भयो । फलतः चलचित्र हेर्नेले उहाँको भूमिकाको प्रसंशा गरेका छन् ।

“मेरा लागि नयाँ अनुभव रहयो, पुरुषप्रधान समाजमा महिलाको अस्तित्व र आवश्यकतासँगै महत्वलाई चलचित्रले दर्शाउँछ । यसमा महिला नै मुख्य भूमिकामा हुनुहुन्छ, घुम्टोमा अनुहार लुकाउने मधेसमा महिलाले नेतृत्व गर्नु आफैँमा ठूलो विषय हो”, पत्रकार मण्डलले भन्नुभयो ।

उक्त चलचित्रमा पत्रकार मण्डलसँगै महिला कलाकार आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चान्डक र पुष्पा यादवले समेत अभिनय गर्नुभएको छ । यस चलचित्रमा सात महिला कलाकारलाई निर्देशक दीपक रौनियारले इन्द्रेणीको रङझैँ चित्रण गर्नुभएको छ । चलचित्रको मूलकथा र पात्र यी सात महिला नै हुनुहुन्छ ।

“मैले अडिसन दिँदा पत्रकारको भूमिका पाउँछु कि जस्तो पनि लागेको थियो, तर मेरो अभिनय हेरेर मलाई अर्को भूमिका दिनुभयो । आगामी दिनमा यस्तै आफूलाई सुहाउँदो भूमिका प्राप्त भएमा अभिनय पनि गर्छु, साथै म आफ्नो सञ्चारकर्मलाई पनि अगाडि बढाउँछु”, पत्रकार मण्डलले भन्नुभयो ।

नेपाली चलचित्र प्रायः पुरुष पात्र केन्द्रित हुने गर्छन् । पारिश्रमिकको विषय होस् वा भूमिकाको प्रायः पुरुष नै अगाडि देखिने गर्छन् । थोरै यस्ता चलचित्र छन्, जसमा महिला कलाकार शीर्ष भूमिकामा रहन्छन् । महिला कलाकारले मात्र चलचित्रलाई व्यावसायिक सफलता दिलाउन नसक्ने सोच धेरै चलचित्रकर्मीमा पाइन्छ । तर, चलचित्र ‘राजागञ्ज’ महिला कलाकारकै वरपर घुमेको छ । निर्देशक रौनियारले चलचित्रमा सात महिला पात्रमार्फत कथावस्तुलाई अगाडि बढाउनुभएको छ । चलचित्रमा पुरुष पात्रको उपस्थिति सहायक भूमिकामा छ ।

चलचित्रमा निर्देशक रौनियारले एउटा दृश्य राख्नुभएको छ, जहाँ घुम्टोमा छोपिएर बस्नुभएकी एक महिलालाई पुलिस अफिसर महिलाले प्रश्न गर्नुहुन्छ । जहाँ महिला घुम्टो बाहिर आएर बोल्न डराएका छन्, त्यहीँ अर्की महिलाले प्रहरीको नेतृत्व गर्नुभएको छ । यो चलचित्रले प्रस्तुत गरेको विषय र महिलालाई प्रस्तुत गरेको शैली सुन्दर रहेको अभिनेत्री ऋचा शर्माले बताउनुभयो ।

“यस चलचित्रमा काम गर्दाको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिनँ । सात महिलामार्फत यसमा समाजलाई चित्रण गरिएको छ । महिलाको विभिन्न रुप यसमा प्रस्तुत गरिएको छ । मधेसमा महिला कार्यकरी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौँ । महिला कलाकारलाई केन्द्रमा राखेर कथा तयार गर्नु र त्यही अनुरुप चलचित्र निर्माण गर्न ठूलो आँट चाहिन्छ”, अभिनेत्री शर्माले भन्नुभयो ।

निर्देशक रौनियारले झण्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको जानकारी दिनुभएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ । नेपलमा सार्वजनिक प्रदर्शनअगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ । रासस

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए