रौतहटको चन्द्रनिगाहपुरस्थित निजामती होटलमा कृषि विकास बैंक लिमिटेडको आयोजना तथा IFAD/Heifer को सहयोगमा दुग्ध मूल्य–श्रृंखला (Dairy Value Chain) सम्बन्धी बहुसरोकारवाला (MSP) गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा किसान, दुग्ध सहकारी, बैंकका प्रतिनिधि तथा सरोकारवाला निकायबीच दुग्ध उत्पादन, बजारीकरण, वित्तीय पहुँच र किसानको आय वृद्धि गर्ने उपायबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले आधुनिक पशुपालन, गुणस्तरीय दूध उत्पादन, सहकारी सुदृढीकरण तथा सहज कृषि कर्जामार्फत दुग्ध क्षेत्रलाई व्यावसायिक बनाउँदै किसानको आर्थिक अवस्था सुधार गर्न आवश्यक रहेको बताएका थिए। यस्ता कार्यक्रमले स्थानीय दुग्ध व्यवसायको दिगो विकास र ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।




प्रतिक्रिया
० प्रतिक्रिया