singel post top banner

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
बिहिबार, आषाढ २५, २०८३
|
|
१२६ पटक हेरिएको
Shares
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या समाधान गर्दै विकास निर्माणका कामलाई समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
  • बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा उनले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र भौतिक पूर्वाधार निर्माणको प्रमुख आधार भएकाले यस क्षेत्रका व्यावहारिक समस्या समाधानमा सरकार गम्भीर रहेको बताए।

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका विद्यमान समस्या समाधान गर्दै विकास निर्माणका कामलाई समयमै सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा उनले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र भौतिक पूर्वाधार निर्माणको प्रमुख आधार भएकाले यस क्षेत्रका व्यावहारिक समस्या समाधानमा सरकार गम्भीर रहेको बताए।

प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र र सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे। साथै, निर्माण क्षेत्रको विश्वसनीयता र कार्यक्षमता बढाउन नीतिगत तथा प्रशासनिक सुधारलाई प्राथमिकता दिइने बताए।

छलफलका क्रममा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूले सम्पन्न कामको भुक्तानीमा हुने ढिलाइ, आयोजनाको म्याद थप, ठेक्का व्यवस्थापन, मूल्य समायोजन, बैंकिङ सुविधा तथा लगानीसम्बन्धी समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले निर्माण उद्योगलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने धारणा पनि राखेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले व्यवसायीहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै विकास निर्माणका काममा देखिएका अवरोध हटाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक नीतिगत सुधार अघि बढाइने विश्वास दिलाएका छन्।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

जेठ १७ को प्रतिनिधिसभा घटनाबारे छानबिन समितिको प्रतिवेदन: सभामुखलाई विशेषाधिकार कडाइका साथ प्रयोग गर्न सुझाव

जेठ १७ को प्रतिनिधिसभा घटनाबारे छानबिन समितिको प्रतिवेदन: सभामुखलाई विशेषाधिकार कडाइका साथ प्रयोग गर्न सुझाव