काठमाडौं । प्रतिनिधिसभाको गत जेठ १७ गते भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ समितिले सभामुखलाई प्राप्त विशेषाधिकार आवश्यक पर्दा तत्काल र प्रभावकारी रूपमा प्रयोग गर्न सुझाव दिएको छ।
समितिले संसदमा अमर्यादित तथा उत्तेजक अभिव्यक्ति प्रयोग भएको अवस्थामा प्रतिनिधिसभा नियमावली कडाइका साथ कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई अभिलेखबाट हटाउनेदेखि सम्बन्धित सदस्यलाई बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्ने उल्लेख गरेको छ।
प्रतिवेदनमा सांसदहरूले आचारसंहिता र नियमावलीको पूर्ण पालना गर्नुपर्ने, दलीय नेतृत्वको भूमिका प्रभावकारी बनाउने, सुरक्षा तथा प्रविधि व्यवस्थापन सुधार गर्ने, सीसीटीभी निगरानी र अभिलेख व्यवस्थापन सुदृढ गर्ने तथा संसद् सचिवालयको क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव पनि दिइएको छ।
प्रतिनिधिसभाको जेठ १८ गतेको बैठकले गठन गरेको उक्त जाँचबुझ समितिमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक तथा बबिता मिश्र र गोपाल सिग्देल सदस्य रहेका थिए।




प्रतिक्रिया
० प्रतिक्रिया