singel post top banner

पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
बिहिबार, फाल्गुन २९, २०८१
|
|
१०७ पटक हेरिएको
Shares
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या

सारांश

  • पाकिस्तानी सेनाले बालुचिस्तान प्रान्तमा पृथकतावादी समूहले कब्जामा लिएको रेलका तीन सय यात्रुलाई मुक्त गरेको छ।
  • सेनाका प्रवक्ताले अपरेसनको दौरान ३३ जना हत्या भएको बताएका छन्।
  • उक्त अपरेसन हुनु भन्दा अघि नै बालोच लिबरेसन आर्मी (बिएलए) ले २१ बन्दी तथा चार सेनाको हत्या गरिसकेको थियो।

इस्लामवाद, फागुन २९ । पाकिस्तानी सेनाले बालुचिस्तान प्रान्तमा पृथकतावादी समूहले कब्जामा लिएको रेलका तीन सय यात्रुलाई मुक्त गरेको छ।

सेनाका प्रवक्ताले अपरेसनको दौरान ३३ जना हत्या भएको बताएका छन्। उक्त अपरेसन हुनु भन्दा अघि नै बालोच लिबरेसन आर्मी (बिएलए) ले २१ बन्दी तथा चार सेनाको हत्या गरिसकेको थियो।

सेनाले त्यस क्षेत्रमा थप क्षति हुन नदिनका लागि सर्च अभियान चलाइरहेको जनाएको छ। सेनाका प्रवक्ताकै अनुसार अपहरणमा परेको रेलमा चार सय ४० जना यात्रु सवार थिए। सेनाले केही विद्रोही सेनाले यात्रु समेत लिएर पहाडी क्षेत्रमा गएको हुनसक्ने बताएको छ। आक्रमणको समयमा भागाभाग गर्ने क्रममा हराएका यात्रुको खोजी कार्य भइरहेको सेनाले जनाएको छ।

बिएलए स्वतन्त्र बलुचिस्तानको माग गर्दै सङ्घर्ष गर्दै आएको समूह हो। सो समूहले त्यस क्षेत्रमा रहेको खनिजको श्रोतलाई सरकारले दुरुपयोग गरेको आरोप लगाएको छ।

यसअघि पनि सो समूहले धेरै स्थानमा आक्रमण गरेको थियो। रेल कब्जामा लिएको घटना भने यो पहिलो हो। ४८ घण्टामा बालोचका राजनीतिक बन्दीलाई रिहा नगरे आफूले बन्दी बनाएकाको ज्यान लिने चेतावनी उनीहरूले दिएको थिए। उनीहरूले रेलबाट बन्दी बनाएका मध्य करिब सय जना सेना रहेको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए