singel post top banner

प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
सोमबार, आश्विन ६, २०८२
|
|
१८३ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्कीका सात सारथि, वैज्ञानिकदेखि सञ्चारकर्मीसम्म

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरू रोजिन् ।
  • सोमबार चार मन्त्री थपिएका छन् ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरू रोजिन् । सोमबार चार मन्त्री थपिएका छन् ।

Tata

अब कार्की नेतृत्वको मन्त्रीमण्डल आठ सदस्यीय पुगेको छ ।

अन्तरिम सरकारमा ११ सदस्यीय मन्त्रीमण्डल बनाउने बताएकी प्रधानमन्त्री कार्कीले अब तीन जना मन्त्री थप्नुपर्नेछ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने म्यान्डेट पाएकी कार्की जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

Laxmi sunrise bank

कार्कीका सारथि को कस्ता ?

Shivam Cement

जगदीश खरेल, मन्त्री सञ्चार तथा सूचना

कार्की नेतृत्वको सरकारमा सञ्चारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । खरेल इमेज टेलिभिजनका समाचार सम्पादक थिए । इमेज टेलिभिजनमा खरेलले चलाउने ‘हट सिट’ नामक कार्यक्रम धेरैको रोजाइमा पर्छ । मन्त्री बन्ने भएपछि सोमबार खरेल इमेज टेलिभिजनबाट बिदा भएका थिए ।  शालीन शैलीमा खरो प्रश्न गर्ने सञ्चारकर्मीको छवि बनाएका खरेलको जन्म २०३९ साल साउन २२ गते दोलखामा भएको हो ।

महावीर पुन, मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । पुन यसअघि कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो ‘आत्मकथा’ (पुस्तक) बेच्न देश दौडाहामा थिए ।

२०११ साल माघ ९ गते म्याग्दीको नाङीमा जन्मेका पुनले ७ कक्षासम्म गाउँकै स्कुलमा अध्ययन गरेका थिए । कमजोर आर्थिक अवस्थाका कारण उनले १२ कक्षासम्म अध्ययन गर्न पाए । त्यसपछि करिब १२ वर्षसम्म उनले विभिन्न विद्यालयमा पढाउन थाले ।

पढाउने सिलसिलामा अमेरिका, युरोपका विभिन्न विश्वविद्यालयमा पुनले छात्रवृत्तिका लागि आवेदन दिए । पछि अमेरिकाको ‘युनिभर्सिटी अफ नेब्रास्का एट कर्नी’ मा आंशिक छात्रवृत्तिमा उनले अध्ययन गर्न पाए । सोही विश्वविद्यालयबाट उनले स्नातक तह पूरा गरे । २०४९ सालमा पुन नेपाल फर्किएर आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरु गरी वायरलेस प्रविधिबाट ग्रामीण जनतालाई इन्टरनेट सेवा र सुविधा दिन सफल भए ।

आविष्कार केन्द्रमा खर्च जुटाउने पुनले आफूले पाएका अवार्डसमेत लिलामीमा राखेका थिए । सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने रोमन म्याग्सेसे पुरस्कारसमेत पाएका पुनलाई नेपाल सरकारले २०७९ सालमा एक करोड रुपैयाँ राशिको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो । पुन ‘इन्टरनेट हल आफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’जस्ता पदबाट पनि सम्मानित भएका थिए ।

डा. मदन प्रसाद परियार, कृषि तथा पशुपन्छी

डा. मदन प्रसाद परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको  जिम्मेवारी पाएका छन् । कृषि क्षेत्रका स्थापित विज्ञका रूपमा चिनिएका डा. परियारको यो नियुक्तिलाई कृषि क्षेत्रका विज्ञहरूले विशेष रूपमा हेरेका छन् ।

सन् १९५१ अगस्ट २६ मा जन्मिएका परियार हाल नागार्जुन नगरपालिका–१०, स्युचाटारमा बसोबास गर्दै आएका छन् । उनले सन् १९९४ मा थाइल्यान्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट वातावरण, स्रोत तथा विकास विषयमा डक्टर अफ इन्जिनियरिङको उपाधि हासिल गरेका छन् । सोही संस्थाबाट सन् १९८९ मा उनले मास्टर अफ इन्जिनियरिङको डिग्री लिएका थिए । यसअघि सन् १९७३ मा भारतको इलाहाबाद एग्रिकल्चरल इन्स्टिच्युटबाट कृषि इन्जिनियरिङमा ब्याचलर अफ साइन्स र सन् १९६९ मा इन्टरमिडियट अफ साइन्स इन एग्रिकल्चर पूरा गरेका थिए ।

डा. परियारसँग नेपालसहित भारत, थाइल्यान्ड, श्रीलंकाका गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकायहरूमा ३० वर्षभन्दा बढीको कार्य अनुभव छ । उनलाई सन् १९९० र १९९८ मा ‘विद्या भूषण ‘क’ र ‘ख’ बाट सम्मानित गरिएको थियो । सन् १९८९ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीले उत्कृष्ट शैक्षिक प्रदर्शनका लागि ‘जेम्स लिनन मेमोरियल प्राइज’ प्रदान गरेको थियो ।

अनिल सिन्हा, मन्त्री कानुन न्याय तथा संसदीय मामिला

सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले अन्तरिम सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयको जिम्मेवारी पाएका छन् । कानुनबाहेक सिन्हाले उद्योग र भूमि मन्त्रलायको समेत थप जिम्मेवारी पाएका छन् ।

सिन्हा कानुनी क्षेत्रमा काबिल मानिन्छन् । प्रशासनिक जागिरको समेत अनुभव सँगालेका उनले नेपाल ल क्याम्पसबाट २०३९ सालमा स्नातक उत्तीर्ण गरेपछि २०७३ सालसम्म निरन्तर वकालत गरे ।
२०३८ सालमा बीएल पास भएपछि उनले २०३९ सालमा कानुन व्यवसायीको लाइसेन्स पाएका थिए ।

२०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश भएका सिन्हाले २०८० कात्तिक १५ बाट अनिवार्य अवकाश पाएका थिए । कर्पोरेट वकिल भएर वकालत गरिरहेका अनिलले सर्वोच्चमा न्यायाधीश भएसँगै पहिलो दिन इजलासमा फौजदारी मुद्दा हेरेका थिए ।

यसअघि पहिलो चरणमा प्रधानमन्त्री कार्कीले पूर्वसचिव रामेश्वर खनाल, अधिवक्ता ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई आफ्नो मन्त्रीमण्डलमा समेटेकी थिइन् । अर्थ मन्त्रालयको जिम्मेवारी पाएका खनाल पूर्वअर्थसचिव भएर काम गरिसकेका प्रशासक हुन् । उनले दोस्रो पटकको मन्त्रिपरिषद् विस्तारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् ।

त्यस्तै ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका घिसिङ केही महिना अघिमात्रै नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका थिए । ऊर्जासहित घिसिङले तत्काललाई जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् ।

गृहसहित काुनन मन्त्रलाय समेतको जिम्मेवारी पाएका ओमप्रकाश अर्यालको भने दोस्रो पटकको मन्त्रीमण्डल विस्तारमा कानुन मन्त्रालय खोसिएको छ ।

प्रतिक्रिया

५ प्रतिक्रिया

5 कमेन्ट

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए