singel post top banner

रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
सोमबार, चैत्र २५, २०८१
|
|
९२ पटक हेरिएको
Shares
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै

सारांश

  • चैत २५ ।
  • रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।
  • उक्त मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पक्राउ परेका लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो ।

चैत २५ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

उक्त मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पक्राउ परेका लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ ।

सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाइदिएपछि उनी फेरि पक्राउ परेका हुन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
आज २०८१ साल चैत २० गते बुधबारको राशिफल
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
कुमरोज वनको अध्यक्षमा सिलवाल निर्वाचित
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आज विश्व वन्यजन्तु दिवस मनाइँदै : दश लाख वन्यजन्तु लोप हुने जोखिम
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि
रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय
रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो
महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
singel sidbar banner
singel sidbar banner 2