singel post top banner

वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
शनिबार, चैत्र ३०, २०८१
|
|
१३४ पटक हेरिएको
Shares
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन

सारांश

  • वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् ।
  • नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान माछापालनतर्फ लागेका हुन् ।
  • कावासोती नगरपालिका– ७, साँढका सडककुमार चौधरीले आफूले पहिले धान खेती गदै आएको जमिनमा पोखरी खनेर माछापालन गर्दै आएको बताए ।

नवलपरासी, चैत ३० । वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि यहाँका कतिपय किसान माछापालनतर्फ लागेका हुन् ।

कावासोती नगरपालिका– ७, साँढका सडककुमार चौधरीले आफूले पहिले धान खेती गदै आएको जमिनमा पोखरी खनेर माछापालन गर्दै आएको बताए । धान लगायतका अन्य बाली राम्रो हुने भए पनि भित्र्याउने समयसम्म मध्यवर्ती वनबाट आउने वन्यजन्तुले सबै क्षति पुर्‍याउन थालेपछि टोलका सबैले सल्लाह गरी पोखरी खनेर माछापालन सुरु गरेको उनको भनाइ छ ।

‘पहिला धान राम्रै फल्थ्यो, जनावरले खाएर सखाप पार्न थालेपछि पोखरी खनेर माछा पाल्न थालेका हौँ’, चौधरीले भने । पोखरी खन्न मध्यवर्ती सामुदायिक वनले समेत सहयोग गरेको हो । माछापालनबाट राम्रै आम्दानी गर्न सकिने गरेको चौधरीले बताए ।

यहाँका रामनगर, साँढ र गैरी टोलका प्रायः सबैले माछापालन गरेका छन् । वन सीमासँग जोडिएका यी टोलमा मात्र करिब १०० पोखरी रहेको कावासोती नगरपालिका– ७ का वडाध्यक्ष गोविन्दप्रसाद महतोले बताए । लगाएको बाली वन्यजन्तुले खाएर सताएपछि पोखरी खनेर माछा पालन गर्न थालेका स्थानीयको आम्दानीको माध्यम पनि माछापालन भएको छ ।

‘वन्यजन्तुले बाली नाली खान्थ्यो, अब माछा खानेकुरा भएन, राम्रो नै रहेको छ, केहीले आम्दानीसमेत धेरै राम्रो गरेका छन्’, वडा अध्यक्ष महतोले भने । वडाले गत वर्ष ५० प्रतिशत अनुदानमा माछाको दानासमेत उपलब्ध गराएको उनको भनाइ छ ।

कावासोती नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख डा। टेकराज पौडेलका अनुसार पालिकाको मध्यवर्ती सामुदायिक वनसँग जोडिएका वडामा माछा पालन गर्ने किसान बढ्दै गएका छन् । वन्यजन्तुले बालीमा क्षति पुर्‍याउँदा त्यसको विकल्प र उक्त क्षेत्रमा पानीको राम्रो स्रोत भएकाले समेत माछा पालन गर्ने किसान बढेको उनले बताए ।

पालिकाका वडाहरू ७, १०, ११, १३, १४, १५, र १७ माछा पकेट क्षेत्रका रूपमा रहेको शाखा प्रमुख डा. पौडेलले बताए ।

कावासोती नगरपालिकाले माछा पालन गर्ने किसानलाई मत्स्य यान्त्रिकरण सहयोग कार्यक्रम राखेर मोटर, एरिएटर, जाललगायतका सामग्री ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको, समय समयमा माछाको भुरा अनुदानमा उपलब्ध गराउनेलगायतका सहयोग गर्दै आएको शाखा प्रमुख डा. पौडेलले बताए । रासस

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

विश्वकप २०२६ को उद्घाटन समारोह : कहिले हुन्छ सुरु, को-को गर्दैछन् प्रस्तुति ?
विश्वकप २०२६ को उद्घाटन समारोह : कहिले हुन्छ सुरु, को-को गर्दैछन् प्रस्तुति ?
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
देउरालीसम्म गाडी चलेपछि हट्यो दिनभर हिड्नुपर्ने बाध्यता
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
‘राजागञ्ज’ बाट आरतीको चलचित्रमा अभिनय थालनी
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनको माला
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए