singel post top banner

पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
८४ पटक हेरिएको
Shares
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात

सारांश

  • जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा शनिबार बाक्लो हिमपात भएको छ।
  • शुक्रबार बेलुका देखिनै चिसो बढेको कालिञ्चोक शुक्रबार मध्यराति देखिनै हिमपात सुरु भएको स्थानीय होटेल व्यवसायी हरि ओलिले बताए।
  • व्यवसायी ओलिका अनुसार कालिञ्चोक तथा शैलुङमा गत वर्षहरुमा मंसिर र पुषमै हिमपात हुने गरे पनि यस वर्ष आधा फागुनमा  हिमपात भएको हो ।

दोलखा, फागुन १७ । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा शनिबार बाक्लो हिमपात भएको छ।

शुक्रबार बेलुका देखिनै चिसो बढेको कालिञ्चोक शुक्रबार मध्यराति देखिनै हिमपात सुरु भएको स्थानीय होटेल व्यवसायी हरि ओलिले बताए। व्यवसायी ओलिका अनुसार कालिञ्चोक तथा शैलुङमा गत वर्षहरुमा मंसिर र पुषमै हिमपात हुने गरे पनि यस वर्ष आधा फागुनमा  हिमपात भएको हो ।

गत माघमा आंशिक हिउँ परे पनि शनिबार भने बाक्लो हिमपात भएको उनले सुनाए।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएपछि यहाँ शनिबार बिहान देखिनै आन्तरिक तथा बाह्य पर्यटक तथा कालिञ्चोक मन्दिर  दर्शन गर्न गएका भक्तजनहरू हिउँसँग रमाइरहेका छन् ।

यता कुरी हुँदै सदरमुकाम चरिकोट र दोलखा भिमेश्वर मन्दिर ओहोरदोहोर गर्ने सवारीका साधनलाई भने सडक क्षेत्रमा खसेको हिउँले सवारी ओहोरदोहोरमा सकस भएको छ। जिल्लाका केही क्षेत्रमा शुक्रबार देखिनै सामान्य हिउँदे वर्ष पनि भइरहेको छ।

फागुनमा परेको हिउँ तथा वर्षाले हिउँदे बालीलाई राहत मिलेको छ। हिउँदे वर्षा तथा हिमपात नहुँदा जिल्लाका किसान चिन्तित थिए। हिउँदे बाली गहुँ,आलु,मकै तथा  तरकारीलाई हिउँदे वर्षा तथा हिमपातले राहत पुग्ने देखिएको छ।जिल्लाको तल्लो क्षेत्रमा भने हिउँदे वर्षा नहुँदा किसान चिन्तित छन् ।

शनिवार जिल्लाका माथिल्लो क्षेत्रमा हिउँदे वर्षा भए पनि तल्लो क्षेत्रमा वर्षा नभएको पाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए