singel post top banner

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
आइतबार, आषाढ २८, २०८३
|
|
९८ पटक हेरिएको
Shares
भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

सारांश

  • काठमाडौं — सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने प्रस्ताव अघि सारेको छ।
  • मन्त्रिपरिषद्बाट स्वीकृत भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजनाअनुसार उक्त इकाइले भ्रष्टाचारसम्बन्धी सूचना संकलन, तथ्य–प्रमाण विश्लेषण तथा प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रतिवेदन पेस गर्नेछ।
  • सरकारले आगामी पाँच वर्षका लागि तयार गरेको रणनीतिक योजनामा संघ, प्रदेश र स्थानीय तहमा सुशासन सुदृढ गर्ने, निजी तथा सहकारी क्षेत्रमा हुने भ्रष्टाचारलाई कानुनी दायरामा ल्याउने, डिजिटल प्रविधिमार्फत पारदर्शी सार्वजनिक सेवा प्रवर्द्धन गर्ने तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी विद्यमान कानुन संशोधन गरी आवश्यक नयाँ कानुन निर्माण गर्ने लक्ष्य राखिएको छ।

काठमाडौं — सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने प्रस्ताव अघि सारेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजनाअनुसार उक्त इकाइले भ्रष्टाचारसम्बन्धी सूचना संकलन, तथ्य–प्रमाण विश्लेषण तथा प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रतिवेदन पेस गर्नेछ।

सरकारले आगामी पाँच वर्षका लागि तयार गरेको रणनीतिक योजनामा संघ, प्रदेश र स्थानीय तहमा सुशासन सुदृढ गर्ने, निजी तथा सहकारी क्षेत्रमा हुने भ्रष्टाचारलाई कानुनी दायरामा ल्याउने, डिजिटल प्रविधिमार्फत पारदर्शी सार्वजनिक सेवा प्रवर्द्धन गर्ने तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी विद्यमान कानुन संशोधन गरी आवश्यक नयाँ कानुन निर्माण गर्ने लक्ष्य राखिएको छ।

यस योजनामा राजनीतिक दलको वित्तीय पारदर्शिता, सार्वजनिक निकायको जवाफदेहिता, सुराकी तथा साक्षी संरक्षण, नीतिगत भ्रष्टाचार नियन्त्रण, ठेक्कापट्टामा हुने मिलेमतो रोकथाम र अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउने व्यवस्था पनि समेटिएको छ। साथै, भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिअनुसार नेपालले आफ्नो कानुनी तथा संस्थागत प्रणालीलाई थप सुदृढ गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

जेठ १७ को प्रतिनिधिसभा घटनाबारे छानबिन समितिको प्रतिवेदन: सभामुखलाई विशेषाधिकार कडाइका साथ प्रयोग गर्न सुझाव

जेठ १७ को प्रतिनिधिसभा घटनाबारे छानबिन समितिको प्रतिवेदन: सभामुखलाई विशेषाधिकार कडाइका साथ प्रयोग गर्न सुझाव