singel post top banner

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
बिहिबार, आषाढ २५, २०८३
|
|
११३ पटक हेरिएको
Shares
हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

सारांश

  •   कैलाली।
  • इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण लिन जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
  • घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागूऔषध सचेतना कार्यक्रममा उनले ‘हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हौँ’ भन्ने अभिव्यक्ति दिएका थिए।

कैलाली। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण लिन जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।

घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागूऔषध सचेतना कार्यक्रममा उनले ‘हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हौँ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई घटनाबारे जानकारी लिन बोलाएको हो।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दका अनुसार डीएसपी चौधरीलाई अभिव्यक्ति कुन सन्दर्भमा आएको हो भन्ने विषयमा सामान्य सोधपुछ गरिनेछ।

कार्यक्रममा चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा सरकारको नभई कानुनको शासनअनुसार सञ्चालन हुने संस्था भएको उल्लेख गर्दै प्रहरीको निष्पक्ष भूमिकाबारे धारणा राखेका थिए। साथै, आफूहरू राजनीतिक पहुँच वा कुनै दलको समर्थनबाट नभई खुला प्रतिस्पर्धामार्फत प्रहरी सेवामा प्रवेश गरेको बताएका थिए।

कार्यक्रममा आफ्नो अभिव्यक्तिको भिडियो सार्वजनिक नगर्न आग्रह गरे पनि उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो। त्यसपछि विभिन्न प्रतिक्रिया आउन थालेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई स्पष्टीकरणका लागि बोलाएको जनाएको छ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

जेठ १७ को प्रतिनिधिसभा घटनाबारे छानबिन समितिको प्रतिवेदन: सभामुखलाई विशेषाधिकार कडाइका साथ प्रयोग गर्न सुझाव

जेठ १७ को प्रतिनिधिसभा घटनाबारे छानबिन समितिको प्रतिवेदन: सभामुखलाई विशेषाधिकार कडाइका साथ प्रयोग गर्न सुझाव