जनज्योति नमूना माध्यमिक विद्यालय, चन्द्रपुर–६ मा लागूऔषध दुव्र्यसन नियन्त्रण तथा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। एच.आई.भी. संक्रमित महिलाहरूको राष्ट्रिय महासंघको आयोजना तथा वडा नं. ६ कार्यालयको सहयोगमा सम्पन्न कार्यक्रममा करिब १५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सभाध्यक्ष रञ्जीव चौरासिया रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा सहदेव के.सी. सहभागी हुनुभएको थियो। विशिष्ट अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछाने रहनुभएको थियो।
त्यसैगरी अतिथिहरूमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका मुद्दा शाखा प्रमुख सञ्जीव पाण्डे, विद्यालयका प्रधानाध्यापक बसन्त सापकोटा तथा सुधार केन्द्रका अर्जुन कठबनियाँ रहनुभएको थियो।
वक्ताहरूले लागूऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई कुलतबाट टाढा रहन, शिक्षा, अनुशासन र नैतिक मूल्यलाई आत्मसात् गर्न आग्रह गर्नुभयो। साथै जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरूबारे चर्चा गर्दै वातावरण संरक्षण, वृक्षारोपण, फोहोर व्यवस्थापन तथा प्राकृतिक स्रोतको संरक्षणमा युवाहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
कार्यक्रमको सञ्चालन कृष्णकुमारी तिमल्सिना (राधिका) ले गर्नुभएको थियो। कार्यक्रममा सहभागी करिब १५० जना विद्यार्थीहरूले लागूऔषधमुक्त समाज निर्माण तथा वातावरण संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।




प्रतिक्रिया
० प्रतिक्रिया