singel post top banner

कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
बुधबार, बैशाख ३, २०८२
|
|
१०९ पटक हेरिएको
Shares
कालिकामा ७० दिने लोकसेवा तयारी कक्षा सुरु

सारांश

  • पूर्वी चितवनको कालिका नगरपालिकामा बुधबारदेखि लोकसेवा तयारी कक्षा सुरु भएको छ ।
  • लोकसेवा सारथी प्रा लि, खैरहनीको सहजीकरणमा कालिका नगरपालिकाले आयोजना गरेको उक्त कक्षाको कार्यबहाक मेयर विमला तामाङले उद्घाटन गरेकी छन् ।
  • ७० दिने तयारी कक्षामा नगर भित्रका ३० जना सहभागी छन् ।

रत्ननगर, बैशाख ३ । पूर्वी चितवनको कालिका नगरपालिकामा बुधबारदेखि लोकसेवा तयारी कक्षा सुरु भएको छ ।

लोकसेवा सारथी प्रा लि, खैरहनीको सहजीकरणमा कालिका नगरपालिकाले आयोजना गरेको उक्त कक्षाको कार्यबहाक मेयर विमला तामाङले उद्घाटन गरेकी छन् ।

७० दिने तयारी कक्षामा नगर भित्रका ३० जना सहभागी छन् । सो अबसरका कार्यक्रमकी प्रमुख अतिथि कार्यबहाक मेयर तामाङले नगर भित्रका युवाहरुलाई सरकारी सेवामा रोजगारीको अबसर र्सिजना गर्न तयारी कक्षा सुरु गरिएको बताइन् ।

निःशुल्क गर्दा बीचमै पढाई छोड्ने विगतको नियतलाई अन्त्य गर्न सहभागीहरुबाट २० प्रतिशत रकम लिएर तयारी कक्षा सुरु गरिएको उनको भनाई छ । प्रमुख प्रशाकीय अधिकृत देबराज चौलागाईले नगर भित्र शैक्षिक वेरोजगार समस्या अन्त्य गर्न लोकसेवा तयारी कक्षा सुरु गरिएको बताए ।

लोकसेवामा भनसुन चल्दैन उनले भने आफ्नो क्षमताले सरकारी सेवामा अबसर प्राप्त हुने हो । लोक सेवा सारथि प्रा।लि।का सञ्चालक महेश घिमिरेले लोकसेवा तयारी कक्षाले शैक्षिक बेरोजगार अन्त्य गर्ने भन्दै वागमती प्रदेशमा माग गरिएको पाँचौ तहको पदलाई केन्द्रीत गरी तयारी कक्षा सञ्चालन गरिने बताए ।

सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं २ का वडाध्यक्ष लक्ष्मण पौडेलले मन्तव्य राखेका थिए । महिला विकास अधिकृत सम्झना ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा लेखा अधिकृत ऋषिप्रसाद कडुवालले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए