singel post top banner

आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
शनिबार, चैत्र ३०, २०८१
|
|
९५ पटक हेरिएको
Shares
आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल

सारांश

  • आज २०८१ साल चैत ३० गते शनिबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि।
  • हनुमान जयन्ती/अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस/वैशाख स्नान प्रारम्भ/पूर्णिमा व्रत/बालाजु बाइस धारा मेला।
  • तदनुसार सन् २०२५ अप्रिल १२ तारिख।

आज २०८१ साल चैत ३० गते शनिबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि। हनुमान जयन्ती/अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस/वैशाख स्नान प्रारम्भ/पूर्णिमा व्रत/बालाजु बाइस धारा मेला। तदनुसार सन् २०२५ अप्रिल १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको उचित मूल्य प्राप्त हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ। तपाईंको प्रस्ताव अनुमोदन हुने योग छ।

वृष : तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। भेटघाट र कार्यक्रममा मनमा लागेको कुरा सार्वजनिक गर्न पाउँदा मन खुशी हुनेछ। व्यापारमा गरेको लगानीबाट मन सन्तुष्ट हुनेछ। ठुलाको सम्मान गर्दा फाइदा हुनेछ।

मिथुन : साना कुराले मनमा खटपटी बढ्नेछ। सम्पत्ति कमाउने लोभले इज्जतमा दाग लाग्ने जोखिम छ। धार्मिक क्षेत्रमा झुकाव राखेमा फाइदा हुनेछ। आफन्तसँगको सहकार्यमा अगाडि बढ्नुपर्ने समय छ।

कर्कट : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढेमा घाटा हुनेछ। मनका कुरा अरुलाई नभन्ने बानीले घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। कामको बोझ थपिने हुँदा मन अशान्त बन्नेछ। परिवार र दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : साथीभाइले तपाईंलाई काममा प्रयोग गर्नेछन्। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। छरछिमेकमा गरेको शुभकार्यमा सहभागी हुने मौका मिल्नेछ।

तुला : अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले मन उदास हुनेछ। शिक्षाको क्षेत्रमा गरेको गहिरो अध्ययनले मनमा सन्तुष्टि मिल्नेछ। विपक्षी साथीले साथ दिनेछन्। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। धार्मिक कुरामा विश्वास नहुने दिन छ।

वृश्चिक : स्वास्थ्यमा समस्या पर्ने जोखिम छ। शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। पढाइमा मन जानेछ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

धनु : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। आफन्तले साथ र सहयोग गर्नेछन्। बौद्धिक क्षेत्रबाट असयोग हुने भएकाले जुनसुकै काममा मिहिनेत गर्नुपर्नेछ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा अल्छीपनको असर देखिन्छ। राजनीतिक क्षेत्रमा प्रगति हुने योग रहेको छ।

कुम्भ : लामो यात्राका लागि दिन तय हुनेछ। धार्मिक व्यक्तिसँग भेटको संयोग जुट्नेछ। आम्दानीको बाटो भन्दा खर्च बढ्नेछ। मन अशान्त हुँदा सानो रकम दान गर्न सके फाइदा हुनेछ।

मीन : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्नेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। धार्मिक क्षेत्रमा सक्रिय नहुँदा घाटा हुने छ। ठुला व्यक्तिसँग लिएको सुझावले अगाडि बढ्न सहयोग गर्नेछ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए