singel post top banner

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
शुक्रबार, जेठ २९, २०८३
|
|
३० पटक हेरिएको
Shares
महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेत ले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्रको दुरुपयोगमार्फत एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध भ्रम फैलाइएको आरोप लगाएका छन्।
  • शुक्रबार एमाले बागमती प्रदेश संगठन कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै बस्नेतले साम्राज्यवादी शक्तिहरूको सहयोगमा युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासी समुदाय, विदेशमा रहेका नेपाली तथा सहरी क्षेत्रमा एमालेविरुद्ध व्यापक भ्रम सिर्जना गरिएको दाबी गरे।

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेत ले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्रको दुरुपयोगमार्फत एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध भ्रम फैलाइएको आरोप लगाएका छन्।
शुक्रबार एमाले बागमती प्रदेश संगठन कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै बस्नेतले साम्राज्यवादी शक्तिहरूको सहयोगमा युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासी समुदाय, विदेशमा रहेका नेपाली तथा सहरी क्षेत्रमा एमालेविरुद्ध व्यापक भ्रम सिर्जना गरिएको दाबी गरे।
उनले एल्गोरिदम र विभिन्न शक्तिको प्रभावका कारण एमालेप्रतिको जनविश्वास कमजोर पार्ने प्रयास भएको भन्दै त्यसले विशेषगरी युवा तथा आधारभूत वर्गलाई प्रभावित बनाएको बताए।
बस्नेतले मुलुकविरुद्धका गतिविधिलाई समेत परिवर्तन र क्रान्तिको नाममा प्रस्तुत गर्ने वातावरण बनाइएको आरोप लगाए। साथै उनले अराष्ट्रवादी तत्व, सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति तथा अन्तर्राष्ट्रिय शक्तिका एजेन्टका रूपमा परिचालित व्यक्तिहरू सरकारसम्म पुगेको टिप्पणी गरे।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

singel sidbar banner
singel sidbar banner 2